समृद्धि र राष्ट्रिय स्वाधीनताको लागि सभामुख घिमिरेको पक्षमा मतदान गरौँ: हितराज पाण्डे
काठमाडाैं | माघ ५, २०७९
काठमाडौं: सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्नुहुँदै प्रमुख सचेतक पाण्डेले त्यस पक्षमा मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभएको हो ।
सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्नुहुँदै प्रमुख सचेतक पाण्डेले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क गर्नुभयो । उहाँले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न पनि सभामुख पदमा योग्य व्यक्तित्व आवश्यक भएकाले आफूले घिमिरेलाई उम्मेदवारी दिन समर्थन गरेको पनि दोहोर्याउनुभयो ।
‘‘हामी नेपालको सुशासन, समृद्धिका साथ अब सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध बनाएर सदनको माध्यामबाट हामी सबै जनतालाई व्यवस्थित गरेर अब नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षाका साथ अगाडि बढ्नुपर्ने जो दायित्व छ । त्यसका लागि यो सदनमा अब हामीले व्यवस्थित र प्रभावकारी बनाउनका लागि आज हामी जो निर्वाचन गर्दैछौं ।,’’ प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘त्यसका लागि माननीय देवराज घिमिरे योग्य हुनुहुन्छ, सक्षम हुनुहुन्छ । त्यसैले उहाँलाई यस सदनको नेतृत्वको रुपमा सभामुख पदमा यहाँ भएका सबै दलहरु, स्वतन्त्र माननीयज्यूहरु सबैले उहाँको पक्षमा मतदान गरिदिनुहुनेछ । त्यही अपिल सम्माननीय सभामुखज्यूमार्फत सम्पूर्ण माननीयज्यूलाई अनुरोध गर्दछु ।’’
प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकताबद्ध भएर अघि बढाउन पनि घिमिरेको नेतृत्वमा सङ्घीय संसद् भए सहज हुने दाबी गर्नुभयो ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

